बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

पक्की घरको आसमा बिचल्ली

बिहिबार, असार २९ २०७४

असार २९, वीरगन्ज – सरकारले पक्की घर बनाइदिने भनेपछि फुसको घर भत्काइयो ।

तर, दुई महिना भइसक्यो अझै पैसा पाउन सकेका छैनौुं, त्रिपालको ओतमा सामान राखेकी वीरगन्ज रामगढवाकी कौशीला देवीले भन्नुभयो, ‘पानी परेका बेला बालबच्चालाई लिएर छिमेकीको घरमा शरण लिई रात बिताउनुपरेको छ ।

सरकारले राम्रो घर बनाइदेला भन्ने आशामा रहेका कौशलादेवी जस्तै पर्साका गरिब र दलित समुदाय दुई महिनादेखि बिचल्लीमा छन् । यो खबर आजको अन्नपुर्णपोष्टमा छ ।