बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

नयाँ मौद्रिक नीतिको बित्तीय क्षेत्रमा प्रभाव शुन्य, नेप्से झनै घट्यो

सोमबार, असार २६ २०७४

 
काठमाडौ असार २६
लगातार घट्दै नेप्से मौद्रिक नीति घोषणा पश्चात बढ्ने अपेक्षा धेरैको रहेको थियो । तर नयाँ बोतलमा पुरानै रक्सी जसरी आएको मौद्रिक नीतिले बित्तीय क्षेत्रमा खासै सकारात्मक परिवर्तन नल्याउने मौद्रिक नीति घोषणा पश्चातको सेयर बजारलाई हेरेर प्रष्ट भएको छ । नेप्से आज आठ दसमलव ९३ अंकले घटेर १५ सय ७५ दसमलव २२ अंकमा पुुगेको छ भने सेन्सिटिभ दुुई दसमलव १३ अंंकले घटेर तीन सय ३४ दसमलव ६२ अंकमा पुुगेको छ । 
एक सय ५० कम्पनीहरुको पाँच हजार आठ सय २० वटा कारोवारमा २८ लाख ६५ हजार ९२ कित्ता सेयर खरिद बिक्री भएकाछन भने कारोवार रकम ६९ करोड ३५ लाख ९७ हजार पाँच सय ४१ रुपैयाँ पुुगेको छ  । आठ वटा समुहको कारोवार भएकोमा सात वटा समुहको सुचक घटेर एउटा समुहको सुचक बढेको छ । उच्च अंकले घटेको बीमा समुहको सुचक ५९ दसमलव ६३ अंंकले घटेर आठ हजार तीन सय १५ दसमलव ४६ बिन्दुुमा झरेकोमा १५ करोड ९० लाख ८७ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । बाँणिज्य बैक समुहको सुचक आठ दसमलव ७५ अंकले घटेर १४ सय १२ बिन्दुुमा झरेकोमा २४ करोड ९४ लाख ४८ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । बिकास बैक समुहको सुचक ११ दसमलव ५४ अंकले घटेर १९ सय ३० दसमलव ५७ बिन्दुुमा झरेकोमा आठ करोड एक लाख १५ हजार छ सय रुपैयाँको सेयर किनबेच भएकाछन । 
होटल, जबिद्युुत, फाईनान्स र अन्य समुहको सुचक पनि आज घटेको छ भने उत्पादनमुुलक समुहको सुचक बढेको छ । आज कमाउने तथा गुुमाउने कम्पनीहरु यस्ता रहेकाछन । 
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस कम्पनीको नाम आजको कारोवार मुल्य बढेको सेयर मुल्य 
१ वल्र्ड मर्चेन्ट फाईनान्स १४३ ८.३३
२ कुुवेर मर्चेन्ट फाईनान्स १०४ ५.०५
३ अरुण फाईनान्स १९५ ४.७९
४ सेन्ट्रल फाईनान्स १९७ ४.२३
५ नेशनल माईक्रो फाईनान्स १५११ ३.९९
गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस कम्पनीको नाम आजको कारोवार मुल्य घटेको सेयर मुल्य 
१ प्रोग्रेसिभ फाईनान्स २०० ५.६६
२ सिर्नर्जी पावर डेभलपमेन्ट कम्पनी २५० ३.८४
३ एनबी इन्स्योरेन्स कम्पनी ९८५ ३.४३
४ एनएमबी बैक ५३६ ३.४२
५ सिभिल बैंक २४० २.८३