बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

बनमा बेथिती : स्थानीय प्रतिनिधि मिलेर काटे रुख

बुधबार, असार २१ २०७४

काठमाडौं – स्थानीय तह पहिलो चरण चुनाव भएको करिब ५० दिन पुगेको छ ।
 
स्याङ्जाको पुतलीबजार  नगरपालिका ४ का वडाध्यक्षले सामुदायिक बनको जग्गा नेपाली सेनालाई दिने निर्णय गराएका छन् । 

उनले त्यसको बोद्यार्थ वन कार्यालयमा पनि पठाए । 

चितवनको राप्ती नगरपालिका ३ का वडाध्यक्षले स्थानीइ शिखर हरियाली सामुदायिक वन उपभोक्ता समिति भण्डाराका पदाधिकारीलाई भनेछन् – हामी आएपछि तपाईको समितिको काम छैन । अव हामिले हेर्ने हो । 

चितवनकै दुई ठाउँमा स्थानीय प्रतिनिधिसंग मिलेर  ४्४ वटा रुख पनि काटिएछन् । 

अव सामुदायिक बन हाम्रै हो भन्ने जनप्रतिनिधिको बुझाईले गर्दा ती रुख काटिएको जिल्ला बन अधिकृत बताउँछन् । यो खबर आजको नगारिक दैनिकमा छ ।