बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

जनताले विकासका लागि परिवर्तन चाहेका छन् : नेता ओली

शनिबार, असार १७ २०७४

असार १७, गुल्मी – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियताको पक्षमा एमाले सतिसाल जस्तै अडिग रहने बताएका छन् । 

गुल्मीको रेसुङ्गा नगरपालिकाको प्रमुखमा डिल्लीराज भुसाल र उपप्रमुखमा सीता भण्डारीसहितको टोलीले विजय हासिल गरेपछि पार्टीले शनिबार यहाँ आयोजना गरेको विजयसभालाई सम्बोधन गर्दै नेता ओलीले जनताले लोकतन्त्र र देशको विकासका लागि परिवर्तन चाहेको बताए । 

उनले विजेता प्रमुख तथा उपप्रमुखलाई रेसुङ्गा नगरको विकासका लागि गुरुयोजना बनाएर अघि बढ्न सुझाव दिँदै विकासका लागि आफूले केन्द्रबाट बजेटको अभाव हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गरे । 

विजय सभालाई सम्बोधन गर्दै एमालेका पार्टी सचिवद्वय प्रदीप ज्ञवाली र गोकर्ण विष्टले जनताले परिवर्तन चाहेको र जनचाहनालाई आत्मसात् गरेर एमालेले स्थानीय तहको चुनावमा देशभर नै अग्रता कायम गरेको दाबी गरे ।