बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सूर्योदय नगरपालिका –२ र ३ मा एमाले विजयी

शनिबार, असार १७ २०७४

असार १७, इलाम – इलामको सूर्योदय नगरपालिका–२ र ३ मा नेकपा एमाले समूह विजयी भएको छ । 

वडा नं– २ को वडाध्यक्षमा एमालेका चन्द्रकुमार सुब्बाले ७५० मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका प्रमोद राईले ५६२ मत प्राप्त गरे । 

सदस्यहरुमध्ये महिला सदस्यमा ज्याजिमा तामाङ ८००, दलित महिला सदस्यमा सावित्रा शिवा ८२५, खुल्ला सदस्यमा लोकबहादुर घिमिरे ७८५ र सचेन राई ७५१ मत प्राप्त गरी विजयी भएका छन् । उनीहरु सबै एमालेबाट उम्मेदवार बनेका थिए । 

यसैगरी सूर्योदय नगरपालिका–३ को वडाध्यक्षमा एमालेकै होमबहादुर कार्कीले ९७१ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरमका छिञ्जुला लामाले ४३१ मत प्राप्त गरे । 

त्यस्तै वडा सदस्यमध्ये महिला सदस्यमा डालीमाया कार्की ९७७, दलित महिला सदस्यमा तृष्णा लोहार ९६९ र खुल्ला सदस्यमा लोकनाथ नेपाल ९३८ तथा सुरेन्द्र गोले ९०६ मत प्राप्त गरी विजयी भएका हुन् । विजयी सबै एमालेका उम्मेदवार हुन् ।