बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

बाजुराको स्वामीकार्तिक गाउँपालिकामा एमाले विजयी

शनिबार, असार १७ २०७४

असार १७, बाजुरा – दोस्रो चरणको स्थानीय तहको निर्वाचनको परिणाम छ तहमा आइसकेको छ । 
एक नगरपालिका र पाँच गाउँपालिकाको मत परिणाम सार्वजनिक भइसकेका छन् । एक नगरपालिका र दुई गाउँपालिकामा नेपाली काँग्रेसले तथा तीन गाउँपालिकामा नेकपा (एमाले)ले जितेको छ । 

मत परिणामानुसार उत्तरी भेगको स्वामीकार्तिक गाउँपालिकामा एमाले विजयी समूह विजयी भएको छ । स्वामीकार्तिक गाउँपालिकामा एमालेका चिरञ्जीवी शाही दुई हजार चार सय ५९ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका भरतबहादुर रोकायाले एक हजार सात सय ५९ मत ल्याएका छन् । 

यसैगरी गाउँपालिका उपाध्यक्षमा एमालेकी मीमा बुढा विजयी भएका छन् । उनले दुई दुई हजार तीन सय ६० र उनका निकटतम प्रतिद्वन्द्व नेपाली काँग्रेसकी मैना जोशीले एक हजार छ सय ९९ मत ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।