बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

छिन्नमस्तामा करेन्ट लागेर एकको मृत्यु

शुक्रबार, असार १६ २०७४

असार १६, राजविराज – सप्तरीको छिन्नमस्ता गाउँपालिका– १ मा शुक्रबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय ३७ वर्षीय हरेराम मण्डल रहेको प्रहरीले जनाएको छ । मण्डले आफ्नै बारीमा पानी पटाउने क्रममा नाङ्गो तारमा दाहिने खुट्टाले छुँदा करेन्ट लागेको थियो । 

गम्भीर घाइते उनलाई उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायणसिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याउँदा बाटैमामृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।