बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

नेप्सेमा सामान्य गिरावट, कारोवार रकम पनि घट्यो

मंगलबार, असार १३ २०७४

 
काठमाडौ असार १३
नेप्सेमा आज सामान्य गिरावट देखिएको छ । नेप्से आज दुुई दसमलव ६३ अंकले घटेर १५ सय ६५ दसमलव नौ अंकमा पुुगेको छ । सेन्सिटिभ पनि शुन्य दसमलव ४९ अंकले घटेर तीन सय ३२ दसमलव २६ अंकमा पुुगेको छ । कुुल एक सय ५१ कम्पनीहरुको पाँच हजार नौ सय ९३ वटा कारोवारमा १० लाख २८ हजार सात सय ५० कित्ता सेयर खरिद बिक्री हुुंदा कारोवार रकम ६१ करोड ९१ लाख ३४ हजार छ सय ३९ रुपैयाँ पुुगेको छ । 
आठ वटा समुहको कारोवार भएकोमा आज तीन वटा समुहको कारोवार बढेर बाँकी पाँच वटा समुहको कारोवार सुचक घटेको छ । जलबिद्युुत समुहको सुचक नौ दसमलव ७६ अंकले घटेर १९ सय ५४ दसमलव ४० बिन्दुुमा झरेकोमा दुई करोड ८५ लाख ९७ हजार पाँच सय रुपैयाँको सेयर किनबेच भएको छ । फाईनान्स समुहको सुचक पनि छ दसमलव ७८ अंकले घटेर सात सय ४४ दसमलव ८८ बिन्दुुमा झरेकोमा एक करोड ४३ लाख छ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बाँणिज्य बैक समुहको सुचक पनि आज तीन दसमलव ४७ अंकले घटेर १४ सय दसमलव ४७ बिन्दुुमा झरेकोमा २५ करोड ८० लाख पाँच हजार रुपैयाँको सेयर किनबेच भएको छ । होटल र उत्पादनमुलक समुहको सुचक पनि आज घटेको छ  । 
आज बिकास बैक समुहको सुचक भने शुन्य दसमलव ५९ अंंकले बढेर १९ सय २२ दसमलव ७४ बिन्दुुमा चढेकोमा सात करोड ९८ लाख २२ हजार चार सय रुपैयाँको सेयर किनबेच भएको छ । बीमा समुहको सुचक पनि पाँच दसमलव ४२ अंकले बढेर आठ हजार एक सय ८५ दसमलव ७१ बिन्दुुमा चढेकोमा १८ करोड २३ लाख ७७ हजार रुपैयाँको सेयर किनबेच भएको छ । आज कमाउने र गुुमाउने कम्पनीहरु यस्ता रहेकाछन । 
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस कम्पनीको नाम आजको कारोवार मुल्य आजको बढेको सेयर मुल्य 
१ राष्ट्रिय बीमा कम्पनी (संस्थापक) ११८८३ ६.०९
२ फरवार्ड कम्युनिटी डे. बैंक १७२४ ६.०३
३ लुम्बिनी जनरल इन्स्योरेन्स ९८३ ५.७०
४ नेशनल माईक्रो फाईनान्स १२९४ ४.९५
५ एक्सेल डेभलपमेन्ट बैंक ६३० ३.११
गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस कम्पनीको नाम आजको कारोवार मुल्य आजको घटेको सेयर मुल्य 
१ वल्र्ड मर्चेन्ट बैकिङ एण्ड फाईनान्स १४० ९.६७
२ सप्तकोशी डेभलपमेन्ट बैैंक ३५० ४.६३
३ रिलायन्स फाईनान्स २१८ ४.३८
४ युुनाईटेड फाईनान्स २५५ ३.८४
५ अरुण फाईनान्स १९३ ३.५