बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

गुँरास लाईफको वार्षिक साधारण सभा सम्पन्न

आइतबार, असार ११ २०७४

काठमाडौ असार ११
गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आ.व. २०७१÷२०७२ र आ.व. २०७२÷२०७३ को आठौं साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले यही असार नौ गते राजधानी काठमाडौमा बार्षिक साधारण सभा सम्पन्न गरेको जानकारी दिएको छ। 
कम्पनीले साधारण प्रस्तावहरुमा आ.व. २०७३—२०७४ का लागि लेखा परिक्षक नियुक्ति लगाएत कम्पनीमा संस्थापक संचालकको  रिक्त चार स्थानमा विवेक दुगड़, रिषि कुमार गाडिया, शम्भु प्रसाद सुवेदी, मेघ राज पौडेलका साथै स्वतन्त्र संचालकमा शिव बहादुर श्रेष्ठलाई कम्पनीले गरेको नियुक्तीको साधारण सभाले अनुमोदन गरेको छ । 
विशेष प्रस्तावमा कम्पनीको आर्जित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको आठ प्रतिसितका दरले बोनश शेयर जारी गर्ने प्रस्तावका साथै उक्त बोनश शेयर जारि भए पश्चात हुन आउने चुक्ता पुँजीको ५० प्रतिशत अर्थात दुुई बराबर एकको अनुपातमा हकप्रद शेयर जारि गर्ने प्रस्ताव समेत सर्वसम्मतीले पारित गरेको छ । साधारणसभाले चुक्ता पुँजी बृद्धि लगाएत अन्य विविध विषयमा प्रबन्धपत्र नियमावलीमा संशोधन गर्ने विषयहरु समेत सर्व सम्मतीले पारित गरेको जनाएको छ ।