मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

क्यू आर बाट नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको बीमाशुल्क भुक्तानी गर्न मिल्ने

मंगलबार, फाल्गुन १६ २०७९

काठमाडौँ – अब क्यू आर बाट नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमाशुल्क भुक्तानी गर्न मिल्ने भएको छ । आकर्षक बोनसदर सहित विगत ३६ वर्ष देखी जीवन बीमा व्यवसायमा आफ्नो छुट्टै पहिचान बनाउन सफल निजि क्षेत्रको पहिलो जीवन बीमा कम्पनी नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना ग्राहक वर्गहरुलाई उच्चतम प्रविधिमा आधारित सर्व सुलभ सेवा प्रदान गर्ने उदेश्यले कम्पनीको सबै शाखा मार्फत फोन पे नेटवर्कमा आवद्ध वित्तिय संस्था इ सेवाको माध्यामबाट डायनामिक क्यु आर स्क्यान गरी आफ्नो बीमाशुल्क बुझाउन सकिने व्यवस्था गरेको छ ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र इ सेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काको समुपस्थितीमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाजिम्पाट स्थित केन्द्रिय कार्यालयमा एक समारोह बिच सो सेवाको औपचारिक शुरुवात गरिएको छ ।

यस प्रकारको उच्चतम प्रविधिमा आधारित सेवाबाट कम्पनीका ग्राहक वर्गहरुले नगद रहित भुक्तानी गरी लाभ उठाउन सक्ने आपेक्षा गरिएको  छ ।