बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

घट्यो सुनचाँदीको मूल्य

सोमबार, फाल्गुन १५ २०७९

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य सोमबार घटेको छ। 

सोमबार सुनको मूल्य  प्रतितोला २०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार  छापावाल सुन प्रतितोला १ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार सुनको मूल्य  प्रतितोला ४०० रुपैयाँ घटेको थियो । आइतबार छापावाल सुन प्रतितोला १ लाख २ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यसैगरी, सोमबार  तेजाबी सुन प्रतितोला १ लाख १ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। 
आइतबार तेजाबी सुन प्रतितोला १ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ।आइतबारको तुलनामा सोमबार चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो। 
सोमबार  चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा किनबेच भएको थियो।