बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

दुर्गा प्रसाईँले गरे एमाले परित्यागको घोषणा

सोमबार, फाल्गुन ८ २०७९

काठमाडौं  । मेडिकल व्यवसायी समेत रहेका एमाले नेता दुर्गा प्रसाईंले एमाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

एमाले केन्द्रीय सदस्य रहेका प्रसाईंमाथि पार्टीभित्र कारबाहीको माग उठेपछि उनी आफैंले पार्टी छोडेको घोषणा गरेका हुन् ।

उनी पछिल्लो समय ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका नाममा राजावादी गतिविधिमा संलग्न छन् ।

प्रसाईले पूर्वराजपरिवारलाई अघि सारेर झापाको मेचीपुलबाट महाअभियानको घोषणा गरेपछि एमालेभित्र उनको कारबाहीको माग उठेको थियो ।