बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पूर्वमन्त्री मथुराप्रसाद श्रेष्ठको निधन

सोमबार, फाल्गुन ८ २०७९

काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री प्रा डा मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा  निधन भएको छ ।

लामो समयदेखि दम  र छाती रोगका सङ्क्रमणको उपचारमा रहेका मानवअधिकार क्षेत्रका अगुवा श्रेष्ठको आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको उनका छोरा डा जया श्रेष्ठले जानकारी दिए ।
 
वामपन्थी बुद्धिजीवी श्रेष्ठ चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाउका थिए ।
 
विसं २०४६ मा प्रजातन्त्रको पुनर्बहाली भएपछि बनेको सरकारमा उनी नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री थिए । उनका छ छोरा र एक छोरी छन् । उनको मङ्गलबार पशुपति आर्यघाटमा दाह संस्कार गरिनेछ ।