काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा माओवादीले एमाले उम्मेदवारलाई साथ दिनेमा ढुक्क रहेकाे बताएका छन् ।
एमाले निकट राष्ट्रिय खेलकुद महासंघको अधिवेशन उद्घाटन गर्न आइतबार विराटनगर पुगेका अध्यक्ष ओलीले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै राष्ट्रपति निवर्नचनमा माओवादी केन्द्रले साथ दिँदैन कि भन्ने कल्पना भनदा बाहिरको कुरा भएको बताएका हुन् । राष्ट्रपतिको विषयमा माओवादीसँग पहिला नै सहमति भइसकेको उनले बताए ।
‘राष्ट्रपतिको चुनावमा माओवादीले साथ दिँदैन कि भन्ने कल्पना नै नगर्नुस्,’ ओलीले भने,‘सबै कुरा पहिला नै फिक्स भइसकेको छ। राष्ट्रिय सहमतिका साथ एमालेका उम्मेदवार राष्ट्रपति निर्वाचित हुन्छन्।’
पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा सन्देशमा दिँदै दल र राजसंस्थाबीच सहकार्यको प्रस्ताव गरेको प्रसंगमा ओलीले त्यस्तो प्रस्तावको कुनै अर्थ नभएको बताए । ज्ञानेन्द्र शाह आफैं अलमलमा हुनुहुन्छ । त्यस्तो प्रस्तावको कुनै अर्थ छैन,’ ओलीले भने।