काठमाडौं । जहाँनीया राणा शाषनको अन्त्य भएको र प्रजातन्त्र स्थापना भएको २००७ फागुन ७ को सम्झनामा आज प्रजातन्त्र दिवस मनाइँदैछ ।
सरकारले प्रजातन्त्र दिवसको दिन प्रधानमन्त्रीको अध्यक्षमा मुल समारोह मनाउँदै आएको छ । गत २४ माघमा प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतमा प्रजातन्त्र मुल समारोह समिति गठन गरेको थियो । जसले ७ फागुनको प्रजातन्त्र दिवस भब्यताका साथ मनाउने निर्णय गरेको थियो ।
प्रजातन्त्र दिवसको महत्वको स्मरण गर्दै राष्ट्रपति, प्रधानमन्त्री र प्रमुख प्रतिपक्षलगायतका दलका प्रमुखले नेपाली जनालाई शुभकामना सन्देश दिएका छन्। साथै ऐतिहासिक दिनका अवसरमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा अमूल्यजीवन बलिदान गर्ने अमर सहिदप्रति उनीहरूले श्रद्धासुमन अर्पण गरेका छन् ।
काठमाडौंको टुडिखेलमा बिशेष समारोह आयोजना गरिन्छ भने बिदेशी नियोगहरुमा पनि राष्ट्रिय झन्डा फहराईने गर्दै आएको छ ।