काठमाडौं । सांसदसमेत रहेको इच्छाराज तामाङका कारण सिभिल बैक बित्तीयरुपमा निकै नै कमजोर हुने देखिएको छ । बैकका पूर्वअध्यक्षसमेत रहेका तामाङले आफ्नो व्यक्तिगत स्वार्थ अनुुरुप बैकको श्रोत र साधानको दुुरुपयोग गर्दा बैंकमा रहेको लाखौं निक्षेपकर्ताहरुको अर्बों रुपैयाँ डुब्ने खतरा बढेको छ ।
बैक तथा बित्तीय संस्था सम्बोधन ऐन (बाफिया) लाई राष्ट्रपतिले प्रमाणिकरण गरिसकेपछि यो ऐन कार्यान्वयनमा आएको छ । यो ऐन कार्यान्वनमा आएपछि तामाङ तिल्मिलाएका छन् । यही ऐनका कारण तामाङले बैंकको अध्यक्ष पद छाड्नुु परेको हो ।
सांसदसमेत रहेका तामाङले बिगतमा ऐनलाई आफ्नो अनकुुल बनाउन निकै नै कसरत गरेका थिए । तर सफल भएनन् । त्यहीकारण अहिले तामाङले सिभिल बैकको अध्यक्ष पदबाट राजीनामा दिएका हुुन । उनको राजीनामा पश्चात बैंकमा अहिले उनकै सेटिङमा अम्बिर बोगटी अध्यक्ष बनेका छन । बोगटीले तामाङका श्रीमतीलाई बैंकको सञ्चालक बनाएका छन् । यसैगरी बैकको प्रमुुख कार्यकारीको रुपमा रहेका किशोर महर्जनलाई कार्यकाल सकिनुु अघि नै हटाएर गोबिन्द गुरुङलाई प्रमुुख कार्यकारी बनाएका छन् ।
गुरुङ पूर्वअध्यक्ष तामाङका खास बिश्वास पात्र हुुन । सोही कारण पनि तामाङले गुुुरुङलाई प्रमुुख कार्यकारी बनाएका हुुन । यसबाहेक तामाङले दरबारमार्गमा रहेको बैंकको केन्द्रीय कार्यालयलाई सुुन्धारामा आप्mनै स्वामित्वमा रहेको सिटीसी मलमा सार्देछन । यसको लागि राष्ट्र बैंकको नियम कानुुन समेतको धज्जी उडाउँदै तामाङले नक्कली कागज पत्र देखाएर सिटीसी मलमा बैकको केन्द्रिय कार्यालय सार्देछन् । यसअघि तामाङले बैंक कै सहायक कम्पनीको रुपमा रहेको सिभिल क्यापिटल मार्केटलाई सिटीसी मलमा सारिसकेका छन् । सांसद भएकै कारण ऐन कानुनको धज्जी उडाउँदै सर्वसाधारण निक्षेपकर्ताहरुको अर्बो रुपैयाँमाथि खेलवाड गरिरहंँदा पनि नेपाल राष्ट्र बैंक भने मौन ब्रत बसेको छ । अमृतबजार मा खबर छ