काठमाडौ बैशाख २४
नेप्से आज २४ दसमलव दुई अंकले घटेर १६ सय २८ दसमलव ९८ बिन्दुमा झरेको छ । सेन्सिटिभ पनि पाँच दसमलव ६२ अंकले घटेर तीन सय ४७ दसमलव ९३ पुगेको छ।
एक सय ४१ कम्पनीहरुको छ हजार पाँच सय ११ वटा कारोवारमा नौ लाख ९९ हजार सात सय १२ कित्ता सेयर खरिद बिक्री भएकाछन भने ६९ करोड २४ लाख १२ हजार ६८ रुपैयाँको सेयर कारोवार भएको छ । आठ वटा समुहको कारोवार भएकोमा उत्पादनमुलक समुहको सुचक पाँच दसमलव २६ अंकले बढेको छ भने अन्य समुहको सुचक शुन्य दसमलव २९ अंकले बढेको छ । यसबाहेक बाँकी छ समुहको सुचक भने आज उच्च अंकले घटेको छ । बाँणिज्य बैक समुहको सुचक २७ दसमलव ९५ अंकले घटेर १४ सय ८२ दसमलव २३ बिन्दुमा झरेकोमा ३० करोड ९८ लाख १४ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बीमा समुहको सुचक एक सय १२ दसमलव तीन अंकले घटेर आठ हजार सात सय ७२ दसमलव ५२ बिन्दुमा झरेकोमा १७ करोड ४१ लाख ६० हजार रुपैयाँको सेयर किनबेच भएको छ । बिकास बैंक समुहको सुचक पनि आज २२ दसमलव ४४ अंकले घटेर १९ सय ४० दसमलव २२ बिन्दुमा झरेकोमा ११ करोड ६१ लाख ९९ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
आज जलबिद्युत र फाईनान्स समुहको सुचक पनि घटेको छ । कमाउने र गुमउने कम्पनीहरु आज यस्ता रहेकाछन ।
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्र स कम्पनीको नाम आजको कारोवार मुल्य आजको बढेको सेयर मुल्य
१ सहारा बिकास बैक ६०५ १०
२ मेरो माईक्रो फाईनान्स १५५० ८.०९
३ बोटर्लस नेपाल (तराई) ३९६८ १.९८
४ राष्ट्रिय बीमा कम्पनी १४५५० १.७५
५ लक्ष्मी लघुबित्त बित्तीय संस्था १८६३ १.०६
गुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्र स कम्पनीको नाम आजको कारोवार मुल्य आजको घटेको मुल्य
१ नयाँ नेपाल लघुबित्त संस्था २३३३ ९.७१
२ किसान माईक्रो फाईनान्स २९०० ७.९३
३ सिन्धु बिकास बैंक ३७० ६.०९
४ मिथिला लघुबित्त बिकास बैंक १४१४ ५.७३
५ प्रोग्रेसिभ फाईनान्स २०२ ५.६०