बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

चन्द्र भण्डारी र आमाको अवस्था जटिल, कीर्तिपुर अस्पताल भन्छ: सांसद भण्डारीको यहाँ उपचार सम्भव देखिएन

बिहिबार, फाल्गुन ४ २०७९

काठमाडौं । गतराति आफ्नै घरमा ग्याँस सिलिन्डर लिक भएर गम्भिर घाइते भएका सांसद चन्द्र भण्डारीलाई किर्तिपुर अस्पतालले देशबाहिर सुबिधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशिघ्र लैजान सिफारिस गरेको छ ।

ग्याँस लिक भएपछि घाइते भएका सांसद भण्डारीलाई बानेश्वरस्थित सिभिल मल हुदैँ किर्तिपुर अस्पताल लगिएको थियो । अस्पतालका अनुसार सांसद भण्डारीको २५ प्रतिशत भाग जलेको छ भने उनका आमा ७० प्रति भाग जलन भएको छ ।

‘माननीयज्यूको अनुहार, हात तथा दुबै गोडामा गरी २५–३० प्रतिशत र आमाको जीउको अधिकांश भागमा गरी ७० प्रतिशत जलन भएको तथा दुवै जनाको स्वाशनलीमा तातो हाँवा र धुवाँको कारणले जलन भएको हुन सक्ने अत्याधिक सम्भावना देखिन्छ’ अस्पतालका जलन बिभागका प्रमुख किरण नकर्मीले जानकारी दिए ।  

सो अस्पातालको मेडिकल डाइरेक्टर निजिमा ताम्राकारका अनुसार नेपालमा उहाँहरुको उपचार सम्भव नभएकाले बिदेशमा उपचार गराउन सबन्धित परिवारलाई सुझाव दिईएको छ। परिवारजनका अनुसार उनलाई भारत लैजाने तयारी भईरहेको छ। 

Capture.JPG