काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद डा.चन्द्र भण्डारीको घरमा ग्यास सिलिण्डर विस्फोट भएके छ ।
गएराति खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा नेता भण्डारी र उनकी आमा घाइते भएका छन् ।
बुद्ध नगरमा रहेको घरमा भएको दुर्घटनामा परी घाइते भएका भण्डारी र उनकी आमाको उपचार कीर्तिपुर अस्पतालमा भइरहेको छ ।
डाक्टरका अनुसार डा. चन्द्र भण्डारीको करिब २५ प्रतिशत र उहाँकी माताको ७० प्रतिशतको हाराहारी शरीरको भागमा असर पुगेको छ ।