धनगढी । नागरिक उन्मुक्ति पार्टीका निलम्बित सांसद अरुण चौधरीलाई बयानका लागि जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको छ ।
गत १९ माघमा बाँकेबाट पक्राउ परेका उनलाई बन्दी प्रत्यक्षीकरणको मुद्दामा जिल्ला अदालतमा उपस्थित गराइएको हो ।
गत २२ माघमा परेको उत्प्रेषण परमादेश र २७ माघमा दर्ता बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै २९ मा उच्च अदालतका न्यायाधीश देशबहादुर सार्कीको इजलासले बन्दी प्रत्यक्षीकरण रिटमा ३ फागुनमा अरुण चौधरीलाई बयानका लागि जिल्ला अदालत कैलालीमा उपस्थित हुन आदेश जारी गरेको थियो ।
२०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जना विरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।
छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो ।