बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

प्रचण्ड नेतृत्वको गठबन्धन प्रतिगमनतर्फ उद्दत खिचडी गठबन्धन हो : माधव नेपाल

बुधबार, फाल्गुन ३ २०७९

पोखरा  ।  एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन प्रतिगमनतर्फ उद्दत भएको टिप्पणी गरेका छन् ।

पार्टी कार्यकर्तालाई प्रशिक्षण दिन पोखरामा पुगेका उनले हालको सत्ता गठबन्धनलाई खिचडीको संज्ञा दिँदै भने ‘अहिलेको गठबन्धन खिचडी गठबन्धन हो ।’

नेपालले प्रचण्ड नेतृत्वको सरकारी  गठबन्धन प्रतिगमनतर्फ उद्दत भएको बताए । 

उनले पत्रकार पोखरामा आयोजित पत्रकार सम्मेलनमा भने, ‘यो गठबन्धन संविधान, गणतन्त्र, संघीयताप्रति प्रतिबद्ध नरहेको, परिवर्तन नचाहने, प्रतिगमन उद्दत गठबन्धन हो, यिनीहरूको वैचारिक एकता छैन, यसमा परिवर्तन उल्ट्याउन खोज्ने पनि छन् ।’
 
उनले नेकपा एस कुनै पार्टीमा बिलय पनि नहुने बताए ।  ‘सुशासन, विकास र समृद्धिका लागि, समाजवादोन्मुख अर्थतन्त्रको लागि सबै राजनीतिक दलसँग सहकार्य गरेर अगाडि बढ्छौँ, उनले भने, ‘त्यसका लागि सम्भव भए मोर्चा समेत बनाउँछौ र पार्टी एकतासम्म हुनसक्छ तर एकता गर्ने नाममा नेकपा एस कुनै अन्य राजनीतिक दलसँग विलीन भने हुँदैन ।’

महासचिव बेदुराम भुषालको संयोजकत्वमा अन्य राजनीतिक दलसँग एकीकरण गर्ने, नभए मोर्चाबन्दी भएर जाने भन्दै छलफल चलाईरहेको बेला अध्यक्ष नेपालको यस्तो भनाई आएको हो ।

एक अर्को प्रसंगमा उनले राष्ट्रिय सहमतिविना राष्ट्रपति पदमा उम्मेदवारी नदिने बताए । ‘अरु पार्टीलेजस्तो हारे पनि जिते पनि हावातालमा उम्मेदवारी दिँदैनौं,’ भने ।

उनले नेकपा एमालेको राष्ट्रपति भए देश बर्बाद हुने जिकीरसमेत गरे ।