काठमाडौं । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा विहान ११ बजे देखी सुरु हुने बैठकमा पेश हुने सम्पत्ति शुद्धिकरण सबन्धी बिद्येयक चालु अधिवेसनमा पहिलो बिद्येयकसमेत हाे ।
आजको बैठकमा प्रेम सुवालले सम्पति शुद्धिकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ लाई प्रश्तुत गर्न अनुमति माग्ने प्रश्तावमाथि राखेको बिरोधको सूचनालाई निर्णयार्थ प्रश्तुत गरिने छ ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले सम्पती शुद्धिकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ पेस गर्ने कार्यसूची छ ।
साथै, कृषि तथा पशपुंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७८ माथि विचार गरियोस्” भनी बैठकसमक्ष प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम तय भएको संसद सचिवालयले जनाएको छ ।