बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कस्तो रहला आजको मौसम ?

बुधबार, फाल्गुन ३ २०७९

काठमाडौं  । हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा  आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती पनि प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका  पहाडी भू–भागमा  आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

तराईका थोरै भू–भागमा बिहानी पख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ भन्दै महाशाखाले मौसम सूचना तथा पूर्वानुमान अद्यावधिक रहन अनुरोध गरेको छ ।