बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

गण्डकी बिकास बैकको तेस्रो त्रैमासिक नाफा १३ करोड ३९ लाख

बिहिबार, बैशाख २१ २०७४

काठमाडौ बैशाख २१
गण्डकी बिकास बैकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा १३ करोड ३९ लाख ७७ हजार 
रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैकको यस्तो मुनाफा आठ करोड ९१ लाख २४  हजार रुपैयाँ रहेको थियो । 
चुक्ता पुंजी ६४ करोड ३९ लाख ५६ हजार रुपैयाँ रहेको बैकले चालु आवको तेस्रो त्रैमासमा छ अर्ब तीन करोड ९६ लाख ८७ हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब २६ करोड ३६ लाख ११ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । घरजग्गा क्षेत्रमा ३३ करोड २६ लाख ४२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको सो अवधिमा २५ करोड ८७ लाख एक हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । प्रोभिजन रकम दुई करोड १० लाख २० हजार रुपैयाँ रहेको बैकले राईट व्याक रकम ८० लाख ५२ हजार रुपैयाँ रहेको छ भने निष्व्रिmय कर्जाको अनुपात शुन्य दसमलव २७ प्रतिसत रहेको छ । 
गत आवको सोही अवधिमा बैैकले पाँच अर्ब २३ करोड ९० लाख २१ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब २१ करोड २६ लाख ३४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १७ करोड ८७ लाख चार हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैकको प्रोभिजन रकम एक करोड ४३ लाख २८ हजार रुपैयाँ रहेको थियो भने निश्क्रिय कर्जाको अनुपात शुन्य दसमलव २६ प्रतिसत रहेको थियो ।