मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

आज सुनचाँदीको मूल्य स्थिर

मंगलबार, माघ २४ २०७९

काठमाडौं  । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ६०० रुपैयाँ कायम रहेको छ ।

यसअघि सोमबार प्रतितोला ५०० रुपैयाँ बढेर १ लाख ४ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार सोही मूल्यमा किनबेच भइरहेको महासंघले जनायो । 

यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो। 

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। मंगलबार चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।