बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

घट्यो सुनचाँदीको मूल्य

आइतबार, माघ २२ २०७९

काठमाडौं  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य घटेको छ ।

महासंघका अनुसार आज सुन तोलामा २ हजार रुपैयाँले घटेको छ । आइतबार छापावाल सुन प्रतितोला  १ लाख ४ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि, शुक्रबार छापावाल सुन १ लाख ६ हजार १०० रुपैयाँ कायम भएको थियो ।

तेजावी सुनको मूल्य आइतबार तोलाको १ लाख ३ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । 

शुक्रबार तेजावी सुनको मूल्य  तोलाको १ लाख ५ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो ।  

आइतबार चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेको छ । आइतबार चाँदीको मुल्य तोलाको १३ सय २० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १३ सय ६५ रुपैयाँ कायम रहेको छ ।