काठमाडौं । कहिलो माओवादी, कहिले तत्कालनी संघीय समाजवादी पार्टी त कहिले कता चहार्दै हिँड्ने अहिलेका एमालेका नेता केशव स्थापितलाई अहिले झड्का लागेको छ । दिवास्वप्नमा रमाउने र अरुलाई पनि हावादारी योजना सुनाएर मख्ख पार्ने स्थापित यसपटकको स्थानीय तहको निर्वाचनमा एमालेले टिकट देला कि भन्ने आशामा खुबै तिक्डम गरे । आफू निकटका मिडियामा अन्तवार्ता दिने, आफ्नो प्रचार गर्ने गराउने काम गरे । तर भयो यसपटक फरक । एमाले छानेको तीन जनामा स्थापितको नाम अटाएन । नेकपा एमालेको स्थायी कमिटी बैठकमा काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवारका लागि तीन जनाको नाम पेश भएको छ । यो सूचीमा पूर्वमेयर केशव स्थापित भने परेनन् ।
स्थायी कमिटीको बैठकमा प्रदेश नम्बर ३ की संयोजक एवं उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले तीन जनाको नाम पेश गरेकी हुन् ।
मेयरको उम्मेदवारका लागि विद्या सुन्दर शाक्य, जीवनराम श्रेष्ठ र सावित्रा भुसालको नाम पेश भएको छ ।
जिल्ला कमिटीले ५ जनाको नाम पठाएको थियो । तर, विदुर मैनाली, बसन्त मानन्धर र कल्पना रिजालको नाम प्रदेशबाट अघि बढेन । तर, प्रदेश कमिटीले केन्द्रीय सदस्य साविभा भुसालको नाम भने थपेको छ ।
उपमेयरमा इन्दिरा पन्त, रत्न गुरुङ र शान्ति अधिकारी बस्नेतको नाम पेश भएको छ । उपमेयरका लागि सिफरिस भएकी शंकर पोखरेलकी पत्नी सुजिता शाक्यको नाम प्रदेशबाट अघि बढ्न सकेन ।एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले प्रस्तावित नामबाटै उम्मेदवार तोकिने बताए । एमालेले महानगरको उम्मेदवार छनोट गर्ने जिम्मा स्थायी कमिटीमा राखेको छ ।ललितपुर महानगरको मेयरका लागि हरिकृष्ण व्यञ्जनकारसँगै ज्ञानेन्द्र शाक्यको नाम पनि पेश भएको छ ।
भरतपुर महानगरको मेयरका लागि विजय सुवेदी, देवी ज्ञवाली र केशवलाल श्रेष्ठको नाम पेश भएको छ । तीनै जना जिल्लाबाट आएको थियो । महानगरको उम्मेदवार टुंगो लगाउन अझै सहमतिमो प्रयास गर्ने र नभए स्थायी कमिटीले टुंगो लगाउने एमालेले जनाएको छ ।एमालेका अनुसार प्रदेश नम्बर ३ मार्ने सिन्धुली रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, चिचवन र ललितपुरको अधिंकाश उम्मेदवार टुंगिएको र बाँकी पनि भोलिसम्म टुंगिने बताएको छ ।
साथै प्रदेश नम्बर ६ मा पनि सबै उम्मेदवार चयन भइसकेको छ । प्रदेश नम्बर ४ को हकमा पछि छलफल हुनेछ ।तय भइसकेका उम्मेदवारहरुलाई मनोनयनको प्रमाणपत्र समेत पठाइएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए ।