मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

घट्यो सुनचाँदीको मूल्य

बुधबार, माघ ४ २०७९

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुन–चाँदीको मूल्यमा गिरावट आएको छ ।

आज सुनको मूल्य  प्रतितोला छ सय रुपैयाँले घटेको छ । हिजो प्रतितोला एक सय रुपैयाँ घटेको थियो ।  

आज छापावाल सुन प्रतितोला १ लाख ४ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यसअघि, मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो । 

यसैगरी, तेजाबी सुन बुधबार प्रतितोला १ लाख ४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।  

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबारको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। 

मंगलबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको थियो।