बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

बिराटलक्ष्मीको तेस्रो त्रैमासिक नाफा नौ करोड २२ लाख

बिहिबार, बैशाख १४ २०७४

काठमाडौ बैशाख १३
बिराटलक्ष्मी बिकास बैकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा नौ करोड २२ लाख ४६ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा चार करोड ७४ लाख ६८ हजार रुपैयाँ रहेको थियो । 
चुक्ता पुंजी ५० करोड ४० लाख ४९ हजार रुपैयाँ रहेको बैकले चालु आवको तेस्र्रो त्रैमासिक अवधिमा चार अर्ब ६७ करोड ८४ लाख ३१ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ४७ करोड सात लाख ४४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । घरजग्गा क्षेत्रमा १२ करोड ४२ लाख ३३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैकले सो अवधिमा २२ करोड ५२ लाख ५७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । प्रोभिजन रकम दुई करोड ३२ लाख ७१ हजार रुपैयाँँ रहेको बैकमा एक दसमलव ३५ प्रतिसत कर्जा निष्क्रिय  रहेको थियो ।