बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

जनरल फाइनान्स र बेष्ट रेमिटबीच सम्झौता

मंगलबार, बैशाख १२ २०७४

काठमाडौ बैशाख १२ 
जनरल फाइनान्स लिमिटेड र बेष्ट रेमिट नेपालबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ । यी दुवै संस्था मुख्यतया गैरआवासीय नेपालीद्धारा प्रर्वद्धित संस्था हुन् । सम्झौतापत्रमा बेष्ट रेमिटका तर्फबाट प्रवन्ध निर्देशक दिवाकर पौडेल र जनरल फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत महेश्वर पहारीले हस्ताक्षर गरेकाछन् । 
सम्झौतासँगै अब विश्वका विभिन्न मुलुकबाट बेष्ट रेमिटमार्फत आएको रेमिट्यान्स जनरल फाइनान्सका सम्पूर्ण शाखाबाट भुक्तनी लिन सकिने छ । सम्झौता पश्चाात  बोल्दै फाइनान्सका प्रमुख कार्यकारी अधिकृत पहारीले बेष्ट रेमिटसँगको सम्झौताले जनरल फाइनान्सको सेवामा थप प्रगाढता आउने जनाउदै भने– ‘भर्खरै मात्रपुनः संचालनमा आएको मुलुककै पुरानो मध्यको यस फाइनान्सलाई एक वर्षभित्र उत्कृष्ट पाँच फाइनान्स भित्र पार्ने लक्ष्यलाई यो सम्झौताले थप बल पु¥याउने विश्वास लिएका छौ । साथै आफ्ना ग्राहकहरुलाई छिटो छरितो सेवा दिन फाईनान्स कटिबद्ध रहेको समेत बताउनु भयो । 
यस्तै बेष्ट रेमिटका प्रवन्ध निर्देशक पौडेलले विदेशबाट पठाएको पैसालाई सेवाग्राहीसम्म पु¥याउन जनरल फाइनान्ससँगको सम्झौताले थप सहज बनाउने जानकारी दिए । रेमिटले विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स भित्र्याउदै आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान विभिन्न बैंक तथा वित्तीय संस्थाहरुका साथै नीजि कम्पनीहरुसँग रेमिट्यान्स भुक्तानी सम्वन्धी सम्झौतालाई प्राथमिकता दिदै आएको छ । रेमिटले खाडी तथा अन्य देशमा रहेका बैंक तथा एक्सचेञ्ज हाउससँग पनि तीव्ररुपमा सम्झौता गरिरहेको जनाएको छ । 
यो सम्झौता सँगै विश्वका विभिन्न मुलुकबाट बेस्ट रेमिटमार्फत पठाएको रकम अब बेस्ट रेमिटका पाँच हजार एजेण्ट, सब–एजेण्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाबाट भुक्तानी लिन सकिने बेष्ट रेमिटले जनाएको छ ।