मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

आइतबार, पुष १७ २०७९

काठमाडौं  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार  सुन र चाँदीको मूल्य बढेको छ ।

आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको महासंघले जनाएको छ । 
आज तोलामा ३०० रुपैयाँले बढेर छापावाल सुन तोला १ लाख १ हजार ७०० रुपैयाँ कायम भएको छ ।  यसअघि, शुक्रबार छापावाल सुन तोलाको १ लाख १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार २०० रुपैयाँ निर्धारण भएको छ ।  

आइतबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १४ सय रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य १३ सय ९५ रुपैयाँ कायम रहेको थियो ।