मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

बढ्यो सुनचाँदीको मूल्य

बुधबार, पुष ६ २०७९

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला आठ सयले उकालो लागेको छ ।

मंगलबार प्रतितोला  एक लाख चार सयमा कारोबार भएको सुनको मूल्य आजका लागि प्रतितोला एक लाख एक हजार दुई सय तोकिएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख सात सय छ ।

यसको मूल्य अघिल्लो दिन  ९९ हजार नौ सय थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा २५ ले वृद्धी भई प्रतितोला एक हजार चार सय पुगेको महासंघले जनाएको छ । 

महासंघले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुनको प्रतिऔँस एक हजार आठ सय १३ दशमलव चार अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।