बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

बुधबार, पुष ६ २०७९

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि अमेरिकी डलरको मूल्य खरिददर १३२ रुपैयाँ १२  पैसा र बिक्रीमा ११३२ रुपैयाँ ७२ पैसा तोकेको छ । 

मंगलबार अमेरिकी एक डलरको खरिदमा १३२ रुपैयाँ ४ पैसा र बिक्रीमा १३२ रुपैयाँ ६४ पैसा रहेको थियो । मंगलबारको तुलनामा बुधबार डलरको मूल्य ८ पैसाले बढेको छ ।

यस्तै अष्ट्रेलियन डलर एकको खरिद दर ८८रुपैयाँ ३० पैसा विक्रीदर ८८ रुपैयाँ ७० पैसा तोकेको छ । जापनी येन १० को खरिददर ९ रुपैयाँ ९९ पैसा र विक्रीदर १० रुपैयाँ ४ पैसा रहेको छ । चाइनिज युआन १८ रुपैयाँ ९७ पैसा खरिददर रहेको छ भने विक्रीदर १९ रुपैयाँ  ६ पैसा रहेको छ ।

 साउदी रियाल  एकको ३५ रुपैयाँ १२ पैसा खरिददर रहेको र विक्रीदर ३५ रुपैयाँ २८ पैसा रहेको नेपाल राष्ट्र बैंकको विवरणमा उल्लेख छ ।