बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

जग खन्दा भेटियो तोपगोला !

बुधबार, पुष ६ २०७९

काठमाडौँ – पाल्पा  जिल्लाको  सदरमुकाम  तानसेनमा  दुई÷तीन सय वर्षअघिको युद्धमा प्रयोग भएका हुन सक्ने  तोपका गोला’  फेला  परेका  छन्।  तानसेन नगरपालिकाको वडा नंं. ४ स्थित पुरानो गोलाखानामा (हाल  पाल्पा  अस्पताल  नजिक) भीमसेन  थापाको  पालादेखि राणाकालसम्म प्रयोग हुने हतियार तोपका गोला भेटिएको हो ।

नेपाली सेनाले पाहुनाघर (गेस्ट हाउस) बनाउन घडेरी  खन्ने  क्रममा  गोलाखानामा  पुरानो  हतियार  तोपगोला  भेटिएको  हो ।  पाल्पामा  नेपाली  सेनाको  पल्टन स्थापना भएदेखि नै गोलाखाना (तोपका गोला बनाउने  स्थान)  सञ्चालनमा  रहेको  थियो । उक्त गोलाखाना प्रजातन्त्र स्थापना भएपछि बन्द भएको बताइएको छ । गोरखापत्र दैनिकबाट