मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

बढ्यो सुनचाँदीको मूल्य, कति छ आज ?

आइतबार, पुष ३ २०७९

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य बढेको छ । 

नेपाली बजारमा आइतबार सुनको मूल्य ६०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन ६०० रुपैयाँले उकालो लाग्दै प्रतितोला एक लाख ५०० रुपैयाँ कायम भएको छ । शुक्रबार भने छापावाल सुन तोलाको ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । 

यता, तेजाबी सुन प्रतितोलाको एक लाख रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार तेजावी सुन तोलाको ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १३ सय ८० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ कायम रहेको थियो ।