बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कांग्रेसमा कसरी चुनिनेछ संसदीय दलको नेता ?

मंगलबार, मंसिर २७ २०७९

काठमाडौँ – कांग्रेस संसदीय दलको विधान, २०७४ मा दलको नेताबारे व्यवस्था गरिएको छ । जसको दफा ६ मा सम्पूर्ण सदस्यको ५० प्रतिशतभन्दा बढी मत ल्याउने उम्मदेवार दलको नेता बन्ने व्यवस्था छ ।

‘संसदीय दलको नेता निर्वाचित हुनका लागि संसदीय दलका सम्पूर्ण सदस्य संख्याको ५० प्रतिशतभन्दा बढी सदस्यको मत प्राप्त गर्नुपर्नेछ,’ विधानको दफा ६ को उपदफा ४ मा भनिएको छ ।

दुईभन्दा बढी प्रतिस्पर्धी रहेको अवस्थामा पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसके निर्वाचन दोस्रो चरणमा प्रवेश गर्नेछ । पहिलो चरणमा बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ भने बाँकी ‘रिङआउट’ हुनेछन् । दुई प्रतिस्पर्धीमा ५० प्रतिशतभन्दा बढी मत ल्याउने नै दलको नेता निर्वाचित हुनेछ । नयाँ पत्रिका दैनिकबाट