मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

सोमबार, मंसिर २६ २०७९

काठमाडौं ।  आज सोमबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ५ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार ३ सय रूपैयाँले घटेर एक लाख २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९९ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि आइतबारको तुलनामा आज १० रूपैयाँले घटेर १ हजार ३९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।