बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सुनको मूल्य प्रतितोला एक लाख नाघ्यो

शुक्रबार, मंसिर २३ २०७९

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल  सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु छ सयले बढेर रु एक लाख तीन सय पुगेको छ ।

बिहीबार प्रतितोला रु ९९ हजार सात सयमा सुनको कारोबार भएको थियो ।

 नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९९ हजार दुई थियो ।     

 त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु ३० ले बढेर रु एक हजार तीन सय ९० पुगेको महासङ्घले जनाएको छ ।