आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

समानुपातिक सांसद चयनका लागि राप्रपाले बोलायो कार्यसम्पादन समितिको बैठक

शुक्रबार, मंसिर २३ २०७९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभा र प्रदेश सभातर्फ समानुपातिक सांसद चयनका लागि कार्यसम्पादन समिति बैठक बोलाएको छ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार शनिबारका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक तय गरिएको हो ।

बैठक शनिबार बिहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने छ ।

उनका अनुसार बैठकमा निर्वाचनको समीक्षा एवं निर्वाचन आयोगले दिएको समयसीमाभित्र प्रतिनिधि सभा तर्फ ७ र विभिन्न प्रदेशसभातर्फ १७ समानुपातिक सांसदको टुंगो लगाउने विषयमा छलफल हुनेछ ।