आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

फेरि बढ्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

बिहिबार, मंसिर २२ २०७९

काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो। जसअनुसार बिहीबार छापावाला सुनको मूल्य तोलामा ९९ हजार ७०० रुपैयाँ र तेजाबी सुन ९९ हजार २०० रुपैयाँ कायम भएको छ।

बुधबारको कारोबारमा सुनको मूल्य स्थिर रहेको थियो। सो दिन छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

बिहीबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ३६० रुपैयाँ कायम भएको छ। बुधबार चाँदी मूल्य स्थिर रहेको थियो । सो दिन चाँदी १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।