काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निश्क्रिय भएको छ ।
संसदका महासचिव डा. भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निश्क्रिय भएको पत्र दिएसँगै जबरा सर्वोच्च जाने तयारीमा छन् ।
गौतमले बुधबार राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, संवैधानिक परिषद, सर्वोच्च अदालत, न्यायपरिषद र जबरालाई पठाएको पत्र मार्फत १ फागुन २०७८ मा जबराले कार्य सम्पादन गर्न नपाउने भनी लेखेको पत्र निष्प्रभावी भएको जानकारी दिएको थियो ।
उक्त पत्रको जानकारी राष्ट्रपतिको कार्यालय, शीतल निवास, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संवैधानिक परिषद्को कार्यालय, सर्वोच्च अदालत, न्याय परिषद्मा दिइएको छ ।
आफूविरुद्धको महाअभियोग प्रतिसभाको कार्याल समाप्त भएकाले निष्प्रभावी भएको वभन्दै नियमित कार्यसम्पादन गर्नका लागि सम्बन्धित निकायमा जानकारीको मागसहित राणाले मंगलबार संसद सचिवालयमा निवेदन दिएका थिए ।
गत फागुन १ गते तत्कालीन प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता गरिएकोमा सो महाभियोगको प्रस्ताव तत्कालीन प्रतिनिधिसभामा पेश, प्रारम्भिक छलफल र महाभियोग सिफारिस समितिबाट प्रतिवेदन बुझाईएको तर तत्पश्चातको प्रक्रिया अगाडि नबढेको अवस्थामा नयाँ निर्वाचन सम्पन्न भएकाले जबराले कार्य सम्पादन गर्न नपाउने भन्ने व्यहोराको पत्र समेत निष्प्रभावी भएको संसद सचिवालयको पत्रमा उल्लेख छ ।
चोलेन्द्रको कार्यकाल भने धेरै बाँकी छैन । उनी मंसिर २८ गते देखि सेवानिवृत्त हुनेछन् ।
