आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

अवैध लागूऔषध सहित पक्राउ 

बुधबार, मंसिर २१ २०७९

काठमाडौं- काठमाडौंको टोखा नगरपालिका–१० गोंगबु डेरा गरी बस्ने तनँहु रेसिङ गाउँपालिका–३ घर भएका ३३ वर्षीय डलराज मगरको कोठाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम १९ मिलिग्राम सहित डलराज समेत १९ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । उनको कोठामा लागूऔषध बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ र नगद ६५ हजार ५० रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । 

बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १४ ग्राम ६ सय ३० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–२ बस्ने २४ वर्षीय दिपेन्द्र बुढा र सोही नगरपालिका–९ लाटीकोईली बस्ने २२ वर्षीया कृपा बोहरा रहेका छन् । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.५ प ६२०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

सुर्खेतको वीरेर्ननगर नगरपालिका–४ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय मिलिग्राम सहित सोही नगरपालिका–४ मित्रनगर बस्ने २८ वर्षीय तारा बिकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

कैलालीको भजनी नगरपालिका–३ कुसुमघाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ५ ग्राम सहित लम्किचुहा नगरपालिका–९ बस्ने २४ वर्षीय गोबिन्द कुँवरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले से.७ प ५१५७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक कुँवरलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

मोरङको विराटनगर महानगरपालिका–१५ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६१ मिलिग्राम सहित सुनसरी ईटहरी उपमहानगरपालिका–४ बस्ने २८ वर्षीय किरण मुखियालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका मुखियालाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

चितवनको कालिका नगरपालिका–११ मझवाङबाट अवैध लागूऔषध गाँजा करिब १७ केजी सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४० वर्षीय बुद्धि बहादुर चेपाङ र २४ वर्षीय विनोद चेपाङ रहेका छन् । प्रहरी चौकी जुटपानी र जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूको घरमा लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।