आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

मोटरसाइकल चोरेर भाग्दै गरेको अवस्थामा एक जना पक्राउ

बुधबार, मंसिर २१ २०७९

काठमाडौँ : जनकपुरमा मोटरसाइकल चोरेर भाग्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको लोहरपट्टी नगरपालिका -२ का १९ वर्षीय शंकर कुमार दास रहेका प्रहरीले जनाएको छ । 

जनकपुर उपमहानगरपालिका -९ संकटमोचन मन्दिर नजिक पार्किङ गरी राखेको मोटरसाइकल चोरेर भाग्दै गरेको अवस्थामा मंगलबार उनी पक्राउ परेका हुन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।