काठमाडौं- उदयपुरको कटारी नगरपालिका–२ गरास बस्ने ३० वर्षीय दिल बहादुर थापा मगरको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरको तला थप्ने काम गर्ने क्रममा रडले घरमाथि रहेको विद्युतको तारमा छुन जाँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
महोत्तरीको बलवा नगरपालिका–४ बस्ने २७ वर्षीय ईन्दल यादवको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ । घर नजिकै बाँसको पात काट्ने क्रममा तारमा छुन जाँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।