आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

मंगलबार, मंसिर २० २०७९

काठमाडौं- काठमाडौं महानगरपालिका–३२ तिनकुने मुनिभैरवस्थित सडकमा बाग्मती प्रदेश ०१–००६ ख ४८४७ नम्बरको बसले बा ८१ प २७९९ नम्बरको मोटरसाइकललाई मंगलबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक झापा घर भई हाल भक्तपुर चारदोबाटो बस्ने २५ वर्षीय रोमित रिजालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

महोत्तरीको बर्दिबास नगरपालिका–२ मसानघट्टास्थित सडकमा प्र.०२–०२–००४ प ६४३४ नम्बरको मोटरसाइकल र  ना.६ ख ७७११ नम्बरको ट्रक एकआपसमा ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सिरहा सुखिपुर नगरपालिका–७ बस्ने २८ वर्षीय रुपेश कुमार सिंहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको  जनसेवा अस्पताल बर्दिवासमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको शुभ स्वस्तिक अस्पताल बर्दीवास हुँदै थप उपचारको लागि मेडिसिटी अस्पताल ललितपुर रिफर गरिएको छ । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ । 

चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित सडकमा मुग्लिङबाट नारायणगढतर्फ जाँदै गरेको बा.२ ख ७४६२ नम्बरको टिपर आफै अनियन्त्रित भई सडकबाट २० मिटर तल तुईन खोलामा खसेर मंगलबार बिहान दुर्घटना हुँदा टिपर चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।