बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रचण्ड र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

मंगलबार, मंसिर २० २०७९

काठमाडौं  । अमेरिकी राजदूत डिन थम्पसन र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

राजदूत थम्पसन मंगलबार बिहानै खुमलटार पुगेर प्रचण्डलाई भेटेका हुन् । भेटमा राजदूत थम्पसनले अध्यक्ष प्रचण्डलाई प्रतिनिधि सभा सदस्यमा विजयी भएकाेमा बधाई तथा शुभकामना दिएका प्रचण्डको सचिवालयले बताएको छ ।

यस्तै, ४० मिनेटसम्म चलेको भेतवार्तामा राजदूत थम्पसन र प्रचण्डबीच दुई देशबीचको सम्बन्ध, सहकार्य लगायतका विषयमा कुराकानी भएको सचिवालयले जानकारी दिएको छ ।