आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

लुम्बिनीका मुख्यमन्त्रीले रातारात बुटवलबाट दाङ सारे मन्त्रिपरिषदको कार्यालय

मंगलबार, मंसिर २० २०७९

रुपन्देही । बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका फर्निचर लगायत सामानहरु दाङ पु-याइएको छ । रातको समयमा ट्रकमा सामानहरु लोड गरी राति नै दाङ पु-याइएको हो ।

लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलबाट मुख्यमन्त्री कार्यालय र सचिवालयको सम्पूर्ण फर्निचर, सचिवालयको सामान सहितको कार्यालयका सामाग्री दाङ पु-याएपछि लुम्बिनीमा राजनीतिक द्वन्द्व बढ्न सक्ने संकेत देखिएको छ ।

प्रदेशसभाको दुई तिहाइले गरेको निर्णयलाई व्यवहारिकरूपमा कार्यान्वयन गर्न सफल हुनुभएकोमा मुख्यमन्त्री कुलप्रसाद केसी ’सोनाम’ लाई हार्दिक बधाई भन्दै मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिंह बिकले आफनो समाजिक संञ्जाल फेसबुकमा लेखेका छन् । 

केहीदिन अघिमात्र नेपाली कांग्रेस रुपन्देहीले मुख्यमन्त्री कार्यालयमै पुगेर स्थायी पुर्वाधार नबनेको अवस्थामा तत्काल मन्त्रालयहरु बुटवलबाट नसार्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएकाे थियाे । नेकपा एमाले रुपन्देही र एमालेबाट प्रदेश सभा सदस्यमा निर्वाचित चार सांसदहरु लिला गिरी, भूमिश्वर ढकाल,भोजप्रसाद श्रेष्ठ र तुल्सीप्रसाद चौधरीले प्रेस विज्ञप्ति जारी गर्दै नयाँ बन्ने सरकारको कार्यक्षेत्रमा हस्तक्षेप हुने गरी निर्वाचनको अन्तिम नतिजा नआउँदै मन्त्रालयहरु सार्ने काम तुरुन्त रोक्न माग गरेका थिए ।

पूर्वाधार बिना हतारमा मन्त्रालय सार्ने काम रोक्न मुख्यमन्त्री कुलप्रसाद केसीलाई चौतर्फी दबाव थियो । तर यी सबका बाबजुद हतारोमा रातको समय पारेर मन्त्रालय सार्खोनले राजनीतिक द्वन्द्व बढाउन सक्ने विश्लेषण हुन थालेको छ ।

कार्यालयका समान लिएर मुख्यमन्त्री सहितको सम्पूर्ण टोली स्थायी राजधानी देउखुरी पुगेको छ । आजबाट मुख्यमन्त्री कार्यालको सम्पूर्ण काम देउखुरीबाट नै हुने छ । 

मुख्यमन्त्रीको वुटवल स्थित अस्थायी मुकाम बन्द गरिएको छ । आन्तरिक मामिला मन्त्रालय, अर्थ मन्त्रालय र कोष लेखा नियन्त्रण कार्यालय पनि यो साता भित्र अस्थायी मुकाम बुटवलबाट स्थायी राजधानी देउखुरी आइसक्ने छ ।

नवनिर्वाचित लुम्बिनी प्रदेशसभाको सपथ तथा बैठक स्थायी राजधानी देउखुरीमा निर्माणको अन्तिम चरणमा रहेको संसद् भवनमा बोलाउने तयारी गरिएको छ ।