आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बन्न कति भोट चाहिन्छ ?

मंगलबार, मंसिर २० २०७९

काठमाडौँ – नेकपा एमालेबाट विद्रोह गरेर बनेको नयाँ पार्टी नेकपा एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्छ या बन्दैन ? भन्ने आम चासोको विषय बनेको छ ।

प्रत्यक्षतर्फ मतगणना सम्पन्न भएर समानुपातिकतर्फको गणना पनि अन्तिम चरणमा पुगेकाले एकीकृत समावादी राष्ट्रिय पार्टी हुने या नहुने मतगणना हुन बाँकी क्षेत्रको मतमा निर्भर हुने भएको छ ।

कुनै पनि दलले प्रत्यक्षतर्फ जति नै धेरै सिट जिते पनि समानुपातिकतर्फ खसेको र त्यसको पनि सदर मतको ३ प्रतिशत मत पाउनुनै पर्ने हुन्छ ।

हालसम्मको सदर मत १ करोड ०४ लाख ७८ हजार ७३५ हो । र, एकीकृत समाजवादीले हालसम्म २ लाख ९६ हजार ०९० मत मात्र पाएको छ । यो कुल सदर मतको २.८६ प्रतिशत हो ।

समानुपातिक तर्फको अहिलेसम्मको सदर मतलाई आधार मान्ने हो भने एक करोडको भन्दा केही लाख धेरै मत सदर हुने देखिन्छ । यस्तो अवस्थामा एकीकृत समाजवादीले राष्ट्रिय पार्टी बन्न तीन लाख भन्दा केही हजार धेरै मत पाउनुपर्ने हुन्छ । यस आधारमा एकीकृत समाजवादीले राष्ट्रिय पार्टी बन्न थप २० देखि २५ हजार मत पाउनुपर्ने हुन्छ ।