बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्से राताम्मै

सोमबार, मंसिर १९ २०७९

काठमाडौं- अघिल्लो दिन सामान्य अंकले बढेको नेप्से साताको दोस्र्रो कारोबार दिन आज सोमबार भने घटेर राताम्मै भएको छ । नेप्से आज २४ दशमलव ४६ अंकले घटेर १९ सय ३८ दशमलव ७६ अंकमा पुगेको छ भने सेन्सिटिभ पाँच दशमलव १९ अंकले घटेर तीन सय ७९ दशमलव ६४ अंकमा पुगेको छ । दुई सय ४० वटा कम्पनीहरुको २६ हजार चार सय ७५ पटकको कारोबारमा ४१ लाख २७ हजार दुई सय ८६ कित्ता सेयर किनबेच भएका छन् भने कारोबार रकम एक अर्ब ६७ करोड चार लाख ५५ हजार ३४ रुपैंयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुंदा सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो देखिएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक नौं दशमलव ७८ अंकले घटेर १३ सय ६० दशमलव ६६ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ३५ दशमलव आठ अंकले घटेर दुई हजार पाँच दशमलव ४२ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय ३५ दशमलव ९२ अंकले घटेर नौं हजार दुई सय ९४ दशमलव २८ अंकमा पुगेको छ भने निर्जिवन बीमा समुहको सुचक पनि ९१ दशमलव ९५ अंकले घटेर सात हजार छ सय १५ दशमलव ११ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहहरुको सुचक पनि उच्च अंकले घटेका छन् । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सयपत्री हाईड्रो पावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा अजोड इन्स्योरेन्स कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा रिडी हाईड्रो पावर कम्पनी परेको छ ।