बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

टेलिकमले कम्पनीका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गरे वापत बोनस डाटा दिने

सोमबार, मंसिर १९ २०७९

काठमाडौं- नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट आफ्नो मोबाइल रिचार्ज गरे वापत ग्राहकहरुलाई बोनस डाटा उपलब्ध गराउने भएको छ । ग्राहकले दुई सय रुपैंयाँ, पाँच सय रुपैंयाँ र एक हजार दरको रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा कम्पनीले सो अफर उपलब्ध गराउने भएको हो ।

सो अनुसार दुई सय रुपैंयाँको रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत एक दिन प्रयोग गर्न सकिने एक जीबी डाटा र पाँच सय रुपैंयाँको रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत चार दिनसम्म प्रयोग गर्न सकिने चार जीबी डाटा उपलब्ध हुनेछ । त्यसैगरी एक हजार रुपैंयाँको रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत १० दिनसम्म प्रयोग गर्न सकिने १० जीबी डाटा वोनस स्वरुप प्राप्त हुनेछ । 
यो अफर भोलि (२०७९ मंसिर २०) देखि आगामी पुस १९ गतेसम्म जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुका लागि उपलब्ध टेलिकमले जनाएको छ । यस अफरबाट ग्राहकहरुले उल्लेख्य लाभ प्राप्त गर्ने अपेक्षा गरेको टेलिकमको भनाई छ ।